माओवादीका २२ वर्षीय युवाले अध्यक्ष जिते
सर्लाही रामनगर गाउँपालिकामा माओवाद केन्द्रबाट अध्यक्षमा उम्मेद्वारी दिएका २२ वर्षीय युवा राजाबाबु यादव विजयी भएका छन् । ३१३३ मत ल्याएर यादवले अध्यक्ष जितेका हुन् ।
उपाध्यक्षमा पनि माओबादि केन्द्रकै उम्मेदवार गितादेवी साह विजयी भएकी छन् । साहले २७८८ मत ल्याइन् ।
निकटम प्रतिष्पर्धी रहेका नेपाली कांग्रेस हरिनन्दन प्रसाद यादवले १४८२ मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसकै कोसीला साहले १६११ मत पाएकी छन् । स्वतन्त्र तर्फका उम्मेदवार केएस राहुल वर्माले १४६९ मत पाएर तेस्रो स्थान बनाए ।
एमालेले भने चौथो पार्टीको हैसियतमा जम्मा ५४१ मत प्राप्त गरेको छ ।
टिप्पणीहरू