पलातामा माओवादी दोहोरियो

पलातामा माओवादी दोहोरियो

कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णु बहादुर रोकाया निर्वाचित भएका छन् । २२ सय ९२ मत ल्याएर उनले चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त विश्वकर्माले १४ सय ३२ र काँग्रेसका केशर सिंह बमले १४ सय १३ मत ल्याए । गाउँपालिका उपाध्यक्ष पनि माओवादी केन्द्रले नै जितेको छ । उपाध्यक्षमा अलैपुरा जैशी १७ सय ४३ मतले विजयी भएकी हुन् ।

उनकी प्रतिस्पर्धी एमालेकी जलशा कुमारी बुढा १५ सय २३ मत ल्याएर पराजित भइन् । पलातामा अघिल्लो निर्वाचनमा पनि माओवादीले अध्यक्ष र उपाध्यक्षको दुवै पद जितेको थियो । निर्वतमान अध्यक्ष लक्ष्मण बहादुर बमले १४ सय २० भोट ल्याएका थिए ।

टिप्पणीहरू