चिरीबाबुलाई तेब्बर भोटको अग्रता, बाबुराजा मतान्तर घटाउँदै
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन फराकिलो मतान्तरका साथ अग्रता बनाइरहेका छन् । मतगणनाको सुरुआतदेखि नै अग्रता लिएका उनले पछिल्लो परिणाम आउँदा प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर भोट बढी पाएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार महर्जनले ४७२८ मत पाउँदा प्रमुख प्रतिपक्ष दल एमालेका हरिकृष्ण ब्यञ्जनकारले १६८३ भोट ल्याएका छन् । उनीहरुबीच ३०४५ मतको अन्तर परेको छ । अर्का मेयरकै प्रतिस्पर्धी राप्रपाका अष्टबहादुर महर्जनले ४२० भोट मात्र पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले २०८३ मतले अग्रता लिएकी छन् । उनलाई गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १५२४ भोटसहित पछ्याईरहेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको निर्णयअनुसार ललितपुरको मेयर काँग्रेस र उपमेयर माओवादीको भागमा परेको थियो । तर, कांग्रेसका मतदाताले उम्मेदवार नै नभएको रुख चिन्हमा भोट खन्याएका कारण उपमेयरका उम्मेदवार बाबुराजा पछाडि परेका हुन् ।
टिप्पणीहरू