मदन भण्डारीको जन्मथलोमा एमालेलाई घाटा

मदन भण्डारीको जन्मथलोमा एमालेलाई घाटा

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २९औं स्मृति दिवस हो । भण्डारीको जन्म ताप्लेजुङको ढुंगेसाँघु (मैवा खाेला) गाउँपालिकामा भएको हो । त्यही ढुंगेसाँघुमा बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एमाले उम्मेदवार पराजित भएका छन् ।

उक्त वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् । उक्त पालिका एमाले सचिव योगेश भट्टराईको पनि जन्मथलो हो । गाउँपालिकाका ६ वडामध्ये एमालेले एउटा मात्र जित्न सकेको छ ।

६ नम्बर वडामा एमाले, १ र ५ मा माओवादी, ३ र ४ काँग्रेस, २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र साँवा लिम्बू विजयी भएका हुन् । लिम्बू ३७१ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार लोकमान वनेम भने ३४६ मतमा सीमित भएका छन् ।

टिप्पणीहरू