अहिलेसम्म कसको कति ?

अहिलेसम्म कसको कति ?

गत शुक्रबार रातिदेखि थालिएको मतगणना मुलुकभर जारी छ । कतिपय पालिकाको मतपरिणाम सार्वजनिक भइसकेका छन् ।

अहिलेसम्म २७७ वटा पालिकाको मतपरिणाम सार्वजनिक गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र केही स्वतन्त्रले पालिका प्रमुख जितेका छन् ।

पछिल्लो विवरणअनुसार काँग्रेसले १२७, एमालेले ७५, माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले चार, जसपाले तीन, जनमोर्चाले दुई, नेमकिपाले दुई र स्वतन्त्रले चार स्थानमा विजय हात पारेका छन् ।

त्यसैगरी, काँग्रेसले १८५ स्थानमा अग्रता लिएको छ । यता, एमाले १२२, माओवादी ६१, जसपा २९, नेकपा एकीकृत समाजवादी १५, लोसपा १४, राप्रपा नौ, राष्ट्रिय जनमोर्चा ती, जनमत पार्टी चार, नागरिक उन्मुक्ति पार्टी दुई र स्वतन्त्र चार स्थानमा अगाडि छन् ।

टिप्पणीहरू