गृहमन्त्रीका भाइ उठेका ठाउँमा मतगणना कर्मचारीमाथि धाँधलीको आरोप

गृहमन्त्रीका भाइ उठेका ठाउँमा मतगणना कर्मचारीमाथि धाँधलीको आरोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतपत्र गणना गर्ने क्रममा धाँधली गरेको भन्दै मतगणना कार्यमा संलग्न कर्मचारीहरुमाथि आरोप लागेको छ ।

कुनै पार्टीलाई जिताउन राष्ट्रिय जिम्मेवारी बोकेका राष्ट्रसेवक कर्मचारीहरुले नै अत्यन्तै गैरकानुनी र गैरजिम्मेवारी काम गरेकोप्रति माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाललगायतका राजनीतिक पार्टीहरुले ध्यानाकर्षण गराएका हुन् ।

अमूक दलको प्रभावमा परेर मत संकेतलाई गलत रुपमा प्रस्तुत गर्ने, मतपरिणामलाई बङ्ग्याई तोडमोड गरेको उनीहरुको आरोप छ ।

मतदाताले मतमार्फत् दिएको अभिमतलाई जस्ताको त्यस्तै परिणाममार्फत प्रस्तुत गर्नुपर्ने कर्मचारीले कुनै पार्टीलाई जिताउने नियतले काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अमुक दलबाहेक अन्य दलका मतगणना प्रतिनिधिहरुबाट गल्ती सच्याउन पटकपटक दिएको सुझावलाई पूर्ण रुपमा बेवास्ता गरेकोप्रति हामी निम्नदलहरु घोर भत्र्सना गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

साथै, उनीहरुले राष्ट्रसेवक कर्मचारीलाई यथार्थ छानबिन गरी पुनः मतगणना गर्न जिल्ला निर्वाचन अधिकृत, निर्वाचन आयोगलगायत सम्पूर्ण निकायसँग माग गरेका छन् ।

टिप्पणीहरू