क्षिरेश्वरनाथमा मतगणना रोकियो

क्षिरेश्वरनाथमा मतगणना रोकियो

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रमा भइरहेको मतगणना स्थगित गरिएको हो ।

मतगणना भइरहेको अवस्थामा दलका प्रतिनिधिहरुबीच विवाद चर्किंदा बीचमै रोक्नुपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहज ढंगले मतगणना कार्य अगाडि बढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू