पर्सामा १०९ मतपत्र बढी, एउटा बाकसमा सिल चुँडियो

पर्सामा १०९ मतपत्र बढी, एउटा बाकसमा सिल चुँडियो

वीरगञ्ज महानगरपालिका २९ को मतगणनामा नयाँ लफडा उत्पन्न भएकोे छ । चार वटा बाकसको मतपत्र गणना गर्ने क्रममा चार हुनुपर्नेभन्दा बढी मतपत्र भेट्टिएपछि विवाद भएको हो ।

तोकिएको मतपत्रभन्दा १०९ वटा बढी फेला परेपछि उम्मेदवारका प्रतिनिधिहरु उग्र भएका हुन् । उनीहरुले त्यसबारे प्रमुख जिल्ला निर्वाचन अधिकृतलाई जानकारी गराएपछि केही बेर मतगणना रोकिएको हो ।

प्रमुख जिल्ला निर्वाचन अधिकृत धर्मराज पौडेलले प्रतिनिधिहरुसँगको सहमतिअनुसार अरु चार वटा बाकस थपेर मतपत्र ३३१० बताएका थिए । त्यसपछि ल्याइएका चार वटा मतपेटिकामध्ये एउटामा सिल चुँडिएको देखेपछि उनीहरुले मतगणना रोकेका हुन् ।

टिप्पणीहरू