टोखामा एमाले उम्मेदवार झिनो मतले प्रमुखमा विजयी, उपप्रमुखमा काँग्रेस

टोखामा एमाले उम्मेदवार झिनो मतले प्रमुखमा विजयी, उपप्रमुखमा काँग्रेस

टोखा नगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार प्रकाश अधिकारी झिनो मतान्तरले निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतले पराजित गरेका हुन् ।

अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा थापाले १० हजार १६६ मत ल्याएकी हुन् ।

उपमेयरमा काँग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । डंगोल यसअघि उक्त नगरपालिकामा उपप्रमुख थिइन् ।

टिप्पणीहरू