सिंहदरबार र बालुवाटारमा एकै समय दुई महत्वपूर्ण भेटघाट
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बिहान ११ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको हो ।
त्यहि समयमा उता सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले भेटवार्ता गर्नुभयो । गृहमन्त्रीसँग भेटघाट गर्न राजदूत यान्छी पौने १२ बजेतिर सिंहदरबारस्थित गृह मन्त्रालय पुग्नुभएको हो ।
टिप्पणीहरू