धुलिखेलमा हिजोदेखि रोकिएको मतगणना सुचारु गर्न निर्देशन

धुलिखेलमा हिजोदेखि रोकिएको मतगणना सुचारु गर्न निर्देशन

विवाद उत्पन्न भएपछि धुलिखेल नगरपालिकामा हिजोदेखि रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारको चिह्न रहेको कोठामा गरेको मत संकेतलाई सदर गर्ने र उम्मेदवार नभएको कोठालाई बदर गर्ने कानुनलाई आधार मानेर मतगणना शुरु गर्न निर्देशन दिएको हो ।

‘मतपत्रका दुई वटा कोठामा मात्र मत संकेत गरेको,तर एउटा मतसंकेत उम्मेदवारको चिह्न रहेको कोठामा गरेको र अर्को मत संकेत उम्मेदवार नै नरहेको निर्वाचन चिह्न रहेको कोठामा गरेको अवस्थामा उम्मेदवारको चिह्न रहेको कोठामा गरेको मत संकेतलाई सदर गर्ने र उम्मेदवार नभएको अर्को कोठालाई बदर गर्ने’ आयोगको निर्देशिकामा भनिएको छ ।

काँग्रेसका बागी उम्मेदवारको चुनाव चिन्ह जेब्रा र काँग्रेस उम्मेदवारको चुनाव चिन्ह रुखमा लगाइएको स्वस्तिक छाप स्वतन्त्र उम्मेदवारको हुनुपर्ने भन्दै विवाद चर्किएपछि मतगणना रोक्नुपरेको थियो । यस विषयमा विवाद नसुल्झिएपछि सर्वदलीय बैठकले आयोगलाई पत्र पठाएको थियो ।

टिप्पणीहरू