धुलिखेलमा रुख,सूर्य र जेब्राको त्रिकोणात्मक प्रतिस्पर्धा
धुलिखेल नगरपालिकाको स्थगित मतगणना हिजो रातिदेखि थालिएको छ । हालसम्म १३ हजार ३४० मतगणना भइसकेको छ । अब गन्न बाँकी मत छ हजार ४९० रहेको बताइएको छ ।
हालसम्म १ देखि ८ नम्बर वडासम्मको अन्तिम परिणाम आइसकेको छ । अहिले वडा नम्बर ९ को मतगणना भइरहेको हो ।
पछिल्लो परिणामअनुसार मेयरमा एमाले उम्मेदवारको सूर्य चिन्हमा पाँच हजार ९२१ मत प्राप्त भएको छ । नेपाली काँग्रेसका बागी उम्मेदवार जेब्रा चिन्हका उम्मेदवारले चार हजार २३७ मत ल्याएका छन् ।
उपमेयरमा एमालेले पाँच हजार १८ र नेपाली काँग्रेसले पाँच हजार ३०९ मत प्राप्त गरेका छन् ।
धुलिखेलमा २५ हजार २०० मतमध्ये १९ हजार ८३८ मत खसेको थियो ।
टिप्पणीहरू