काठमाडौंको मतान्तर उस्तै: ५ वडा गनियो, ७ वटा गन्दै

काठमाडौंको मतान्तर उस्तै: ५ वडा गनियो, ७ वटा गन्दै

काठमाडौं महानगरपालिकाका पाँच वटा वडाको मत गनिसकेपछि मेयर पदका उम्मेदवारबीच देखिएको मतान्तर अहिले पनि कायम छ । हालसम्म १ देखि ५ नम्बर वडाको अन्तिम परिणाम आइसकेको छ ।

अहिले वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता उस्तै छ । ५८ हजार २९५ मत गणना हुँदा साहले २२ हजार ७३ मत पाएका छन् ।

एमालेको सूर्य चिन्हमा ११ हजार ८०३ मत प्राप्त भएको छ । काँग्रेसको रुखमा १० हजार ७७२ मत देखिएको हो ।

उपमेयरमा सूर्य चिन्हमा २१ हजार ९९८, कलम चिन्हमा सात हजार ८ र हलोमा चार हजार ९९३ मत आएको छ ।

टिप्पणीहरू