ललितपुरमा चिरिबाबुको अग्रता कायमै
ललितपुर महानगरपालिकामा अहिलेसम्म नेपाली कांग्रेसका चिरिबाबु महर्जनले लिड गरिरहेका छन् । उनी १६ हजार ४०९ मतसहित अग्रस्थानमा रहेका छन् ।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९ हजार ९३७ र राप्रपाका अष्ट महर्जनले एक हजार ३४१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता कायम छ । उनले ८ हजार ४४० मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५८३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वर्णिमा शाक्यको पक्षमा २ हजार ४२५ मत खसेको छ ।
ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए ।
टिप्पणीहरू