सीके राउतको पार्टीले अर्को पालिका पनि जित्यो
जनमत पार्टीले सप्तरीमा फेरि अर्को जीत निकालेको छ । बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमत पार्टीका खेमचन्द्र यादव विजयी भएका हुन् ।
उनी सेना समायोजन हुनुअघि तत्कालीन माओवादी जनमुक्ति सेना नेपालको स्वास्थ्य विभागमा कार्यरत थिए ।
सिके राउतको जनमत पार्टीमा प्रवेश गरेलगत्तै उनलाई उम्मेदवार बनाइएको थियो । उपाध्यक्षमा पनि जनमत पार्टीकै रेणु यादवले जितेकी छन् । सप्तरी सीके राउतको गृहजिल्ला पनि हो ।
अध्यक्षमा दुई हजार ९९४ मत ल्याएर यादव विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित रेणुले दुई हजार ६९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।
जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पनि जितेको छ ।
टिप्पणीहरू