घोडाघोडीमा समाजवादीले एमालेको वर्चस्व तोड्यो

घोडाघोडीमा समाजवादीले एमालेको वर्चस्व तोड्यो

कैलालीको घोडाघोडी नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । लामो समयदेखि एमालेको वर्चस्व रहेको नगरपालिका दुई गठबन्धनले जित निकालेको हो ।

२०७४ सालको निर्वाचनमा यो नगरमा एमाले एक्लैले मेयर र उपमेयर दुवै पद जितेको थियो । यसपटक एमालेबाट फुटेर बनेको समाजवादीले मेयर र कांग्रेसले उपमेयर सुरक्षित गरेका हुन् ।

घोडाघोडीको मेयरमा समाजवादीका खडकबहादुर रावत र उपमेयरमा कांग्रेसकी गुलियादेवी चौधरी विजयी भएका हुन् । रावतले १३ हजार १२८ भोट ल्याउँदा प्रतिस्पर्धी एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत पाए ।

उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ भोट प्रप्त गरिन् ।

टिप्पणीहरू