धरानमा काँग्रेसलाई उछिनेका हर्कराजको अग्रता कायमै

धरानमा काँग्रेसलाई उछिनेका हर्कराजको अग्रता कायमै

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले अग्रता कायम राखेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै उनले नगर प्रमुखमा लिड गरेका हुन् ।

साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ८ हजार ४७९ भोट पाएका छन् । तेस्रो स्थानमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले ६ हजार ९४६ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादीका उम्मेदवार अइन्द्र बिक्रम बेघाले अग्रता बनाएका छन् । उनले ८ हजार ८८५ भोट पाउँदा एमालेका पदम प्रसाद लिम्वु ८ हजार ५०८ मत ल्याएका छन् ।

टिप्पणीहरू