मैले जित्नेमा आशावादी छु : सिर्जना सिंह

मैले जित्नेमा आशावादी छु : सिर्जना सिंह

गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंह आज राष्ट्रिय सभागृहस्थित मतगणनास्थल पुगेर जारी मतगणनाबारे जानकारी लिएकी छन् ।

मतगणनास्थल पुगेकी सिंहले पत्रकारहरुसँग कुरा गर्दै आपूmले जित्नेमा अझै विश्वास रहेको बताएकी हुन् । उनले भनिन्, ‘म जित्नेमा आशावादी छु । अझै धेरै मतगणना हुन बाँकी छ ।’

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साह ठूलो मतान्तरले अगाडि बढेको बेलामा सिंह सभागृह पुगेकी हुन् । बालेनपछि एमालेका केशव स्थापित दोस्रो स्थानमा छन् । सिंह तेस्रो स्थानमा रहेर स्थापितलाई पछ्याइरहेकी छन् ।

टिप्पणीहरू