बिदाका दिन सरकारी नम्बर प्लेटका सवारी साधन के होला ?

बिदाका दिन सरकारी नम्बर प्लेटका सवारी साधन के होला ?

काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने उर्दी जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउनमा प्रतिबन्ध लगाएको हो ।

यद्यपि, चलाउनै परेको खण्डमा अनुमति लिनुपर्ने प्रशासनले जनाएको छ । सरकारले यहि जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसपछि यस्तो आदेश जारी गरिएको बताइएको छ ।

सरकारी गाडी चलाउनै परेमा स्वीकृति लिनुपर्ने र ट्राफिक प्रहरीले नियमन गर्ने जनाइएको छ । स्वीकृतिबिना चलाइएका सवारी साधन प्रयोगकर्तालाई कारबाही गरिने प्रशासनको चेतावनी छ ।

तर, प्रशासनको उक्त आदेश कार्यान्वयनको पक्षबारे भने केही साता कुर्नुपर्ने देखिएको हो । बिदाको दिन सरकारी सवारी साधन चलाउने अनुमतिबाटै उक्त आदेश फितलो हुने अवकाशप्राप्त सचिवहरुले बताएका छन् ।

टिप्पणीहरू