आकाशकी परीले सगरमाथा चुमिन्

आकाशकी परीले सगरमाथा चुमिन्

हिमालय एयरलाएन्स

काठमाडौंको स्थानीय नेवार समुदायमा जन्मिएकी ओम्निका डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । जहाजबाट धर्ती चियाउने एयर होस्टेसले हिंडेर सगरमाथाको शिखर चुमेकी हुन् ।

हिमालय एयरलाइन्सकी ‘वरिष्ठ उडान परिचारिका’ डंगोल गत सोमबार (सन् २०२२ को मे १६) सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भइन् । थामसेर्कु ट्रेकिङद्वारा सञ्चालित आरोहण अभियानको हिस्सा बनेर उनले सगरमाथा आरोहण गरेकी हुन् ।

२०२२, मे २० मा सुश्री डंगोल सकुशल काठमाडौं फर्केको हो । एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाएन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए । टोलीलाई बधाई दिँदै अध्यक्षले भन्नुभयो, “यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । ओम्निका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं । यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उहाँको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ । हिमालय एअरलाएन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।”

ओम्निका डंगोल (वरिष्ठ उडान परिचारिका) र झो एन्योङ्ग (अध्यक्ष, हिमालय एअरलाएन्स)

हिमालयले आफ्नो ऐतिहासिक परियोजना “हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट” नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो । तत्पश्चात् एअरलाएन्सले आफ्नी उडान परिचारिका डंगोलकासाथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेको छ ।

यो सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बावजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ । विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधहरूको सामना गर्नुपरेको थियो । हिमालयले ती चुनौती र  अवरोधहरूलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको छ ।

हिमालय एअरलाएन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, “हिमालय एअरलाएन्स्का मुख्य उद्देश्यहरु मध्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौं ।”

ओम्निका डंगोल (वरिष्ठ उडान परिचारिका) र विजय श्रेष्ठ (उपाध्यक्ष, हिमालय एअरलाएन्स)

परियोजना सफल रूपमा सम्पन्न भएपछि परिचारिका ओम्निका डंगोलले थप्नुभयो, “सर्वोच्च शिखरमा हिमालय एअरलाएन्सको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो । मेरो यात्रामा धेरै चुनौतीहरू थिए तर मेरो ध्यान सधैं केवल शिखरमा पुग्नुमा थियो । यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मलाई अनुभव गर्न दिनुभएकोमा म हिमालय एअरलाइन्स् प्रति आभारी छु ।’’

हिमालयको सगरमाथा आरोहण सन् २०२२ को अप्रिल १३ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको थियो भने सन् २०२२ को मे १६ मा सफल शिखर आरोहण पश्चात् समापन भएको छ ।

उनको सफलताप्रति  हिमालय एयरलाएन्सले शुभकामना व्यक्त गरेको छ । डंगोल हिमालय एअरलाएन्समा सात वर्षदेखि कार्यरत छिन् ।

नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल-चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाएन्सको स्थापना सन् २०१४ मा भएको थियो।

हिमालय जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (TADIC) र नेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त सहकार्यमा सञ्चालित छ ।

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाएन्सले आफ्नो जहाजको संख्यामा ४ वटा विमानहरू; १८० इकोनोमी सीटसहितका तीन ३२०-२१४ एअरबसहरु र १२० इकोनोमी तथा ८ बिजनेस सीटसहितको एउटा एअरबस ३१९-११५, सञ्चालनमा ल्याएको छ ।

हिमालय एअरलाएन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरू: युएई , मलेसिया, कतार, साउदी अरेबिया र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ।

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा “दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्स् ” को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

सन् २०२० को अगस्तमा हिमालय एअरलाएन्सले गुणस्तरीय व्यवस्थापन प्रणाली (QMS) को लागि नेपालमैं पहिलो पटक आइ. एस. ओ. ९००१: २०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाएन्सको दृष्टिकोणअनुरूप जहाज मर्मत-सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एअरलाएन्सलेको योग्यता पुष्टि गरेको छ।

सन् २०२१ को डिसेम्बरमा हिमालय एअरलाएन्सले सफलतापूर्वक अर्को ISO ९००१-२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायुसेवा हो । ISO ९००१-२०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एअरलाएन्सले प्रमाणपत्र प्राप्त गरेको हो । हिमालयलाई “उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूका ” लागी आइ. एस. ओ. प्रमाणपत्र दिइएको हो। यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाएन्सको निरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।

हिमालय एअरलाएन्सले सन् २०२२ को फेब्रुअरीबाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र – स्वचालित बाह्य डिफिब्रिलेटर (AEDs) जडान गरेको थियो ।  यससँगै हिमालय एअरलाएन्स उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाएन्स बनेको छ ।

सुरक्षा, समयमै कार्यसम्पादन (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाएन्सले आफूलाई भरपर्दो एअरलाइनको रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणी एअरलाएन्सलेको रूपमा उभिने उत्कट अभिलाषा राखेको छ ।

 

 

टिप्पणीहरू