बालुवाटारमा साढे ४ घण्टासम्म चुनावी समीक्षा

बालुवाटारमा साढे ४ घण्टासम्म चुनावी समीक्षा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरअघि सकिएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न बैठक बोलाइएको हो ।

दिउँसो १ बजेबाट बसेको उक्त बैठक साँझ साढे ५ बजे तन्किएको थियो । समीक्षा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।

त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकले कमिकमजोरी र उपलब्धिको उच्च मूल्यांकन गर्दै सहकार्य र सहयात्रालाई जारी राख्ने र जनताको मन छुने खाले बजेट तथा नीति कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

टिप्पणीहरू