असनमा नेपाली काँग्रेसको जुलुस निस्कियो

असनमा नेपाली काँग्रेसको जुलुस निस्कियो

राजधानीको व्यस्त असन, भोटाहिटी,महाबौध्दमा साँझ जुलुस निकालिएको छ । काठमाडौं महानगरपालिकाको २७ नम्बर वडामा काँग्रेसले जुलुस निकालेको हो ।

महानगरपालिकाको मतगणना गर्ने क्रममा उक्त वडामा नेपाली काँग्रेस विजयी भएपछि जुुलुस निकालिएको र निकै थोरैको मात्र सहभागिता थियो ।

वडाध्यक्ष योगेशकुमार खड्गीले १५ सय ४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चिनियाँमान बज्राचार्यले १३ सय ३ मत पाएका छन् ।

अरु सबै नेपाली काँग्रेसले जिते पनि दलित महिला सदस्यमा भने नेकपा एमालेकी प्रभा परियार विजयी भएकी छन् ।

टिप्पणीहरू