बेलायतमा भारतीय मूलका धनाढ्य मन्त्री
बेलायती अर्थमन्त्री बेलायतका सबैभन्दा धनीमध्ये एक भएको समाचार बाहिर आएको छ । अर्थमन्त्री रिषी सुनक र उनकी श्रीमती अक्षता मूर्ति बेलायतका सबैभन्दा धनी दुई सय ५० जनामध्येका भएको बताइएको छ ।
त्यहाँको सण्डे टाइम्सले प्रकाशित गरेको बेलायती साढे दुई सय जना अर्बपतिमध्ये उनी पहिलो पटक दुई सय २२ नम्बरमा परेका हुन् । उनको कूल सम्पत्ति बेलायती पौण्डको आधारमा ७३ करोड देखिएको हो ।
अक्षता मूर्ति इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिकी छोरी हुन् । उनको पनि उक्त कम्पनीमा शून्य दशमलव ९ प्रतिशत हिस्सा रहेको बताइन्छ ।
टिप्पणीहरू