अमेरिकी मन्त्रीको टोली महत्वपूर्ण भेटघाट सकेर आज राती स्वदेश फर्कने
नेपाल भ्रमणमा अस्ति दिउँसो आएको अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको टोली विभिन्न देशका राजदूतहरुसङ्ग छलफलको निम्ति हिजो बिहान महाराजगञ्जस्थित अमेरिकी राजदूतावास पुगेको थियो भने आज बिहानदेखि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेटेर अहिले गृहमन्त्रीसङ्गको भेटघाटमा ब्यस्त छ ।
बौध्द शिविरबाट फर्केर टोली साँझ कमलादीस्थित अमेरिकी राजदूत निवासमा झण्डै दुई दर्जन अधिकारी सम्मिलित रात्री भोजमा सामेल भएको थियो । अस्ति त्यहि ठाउँमा पूर्व सभामुख ओनसरी घर्ती, प्रधानमन्त्रीकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,करिमा बेगमसहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
टिप्पणीहरू