भरतपुरमा रेनुको निरन्तर अग्रता,मतान्तर साढे ७ हजार नाघ्यो

भरतपुरमा रेनुको निरन्तर अग्रता,मतान्तर साढे ७ हजार नाघ्यो

चितवन,भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । ९० हजार बढी भोट गनिसक्दा उनले मतान्तर फराकिलो बनाउँदै लगेकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरमा अहिलेसम्म ९२ हजार १२८ मतगणना भैसकेको छ । जसमा रेनुले एमालेका विजय सुवेदीसँग ७ हजार ८५४ को मतान्तर बनाएकी छन् ।

रेनुले ३६ हजार २७२ भोट पाउँदा विजयले २८ हजार ४१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ र राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएका छन् ।

टिप्पणीहरू