कुरो नेपाल भ्रमणको,चुरो तिब्बती शरणार्थी र दलाई लामाको
तीन दिने नेपाल भ्रमणमा अस्ति दिउँसो काठमाडौं उत्रनुभएकी अमेरिकी उपविदेशमन्त्री तथा तिब्बत मामिलासम्बन्धी विशेष संयोजक उज्रा जिया तिब्बती शरणार्थी, क्याम्प र सम्बन्धित पक्षसँगको भेटघाटमा व्यस्त हुनुुहुन्छ ।
हिजो दिनभरि जावलाखेल र बौध्दमा उनीहरुसँग अन्तरक्रियामा सामेल जिया आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा,गृह र परराष्ट्र मन्त्रीसँग छोटो भेटघाट गरेपछि पुनः राजधानीस्थित तिब्बती शरणार्थीहरुको बसोबास क्षेत्र पुग्नुभएको छ ।
हिजो जावलाखेल र बौध्द क्षेत्रमा गएको अमेरिकी मन्त्रीको टोली आज स्वयम्भुपछाडि साढे १२ बजे नागार्जुन नगरपालिका-२ स्थित नामग्याल तिब्बती विद्यालयको निरीक्षणमा गएको हो ।
यसअघि भारतको तीन दिने भ्रमण गरेको उक्त प्रतिनिधिमण्डलका सदस्यहरुले हिमाञ्चल राज्यमा रहेको धर्मशाला पुगी दलाई लामालाई भेटेका थिए । टोली आज साँझ ७ बजे दुबई हुँदै अमेरिका फर्कंदैछ ।
टिप्पणीहरू