काठ्माडौंको वडा नं २४ पनि कांग्रेसले लग्यो

काठ्माडौंको वडा नं २४ पनि कांग्रेसले लग्यो

काठ्माडौं महानगरपालिका वडा नं २४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

विनोदकुमार राजभण्डारीले एक हजार १३२ मतसहित वडाध्यक्ष जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ ६७१ मतमै सिमित भए ।

त्यसैगरी,एक हजार १६६ मतसहित महिला सदस्यमा कांग्रेसकी सुनिता महर्जन निर्वाचित भइन् । नेकपा एमालेबाट महिला सदस्यमा उठेकी लक्ष्मी महर्जनले एक हजार ११५ मत प्राप्त गरिन् ।

दलित सदस्यमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । वडा सदस्यमा एमालेका रत्नाकार बज्राचार्य विजयी भएका छन् । बज्राचार्य एक हजार १३ मतसहित विजयी भएका हुन् ।

अर्को वडा सदस्यमा कांग्रेसका उम्मेदवारले जितेका छन् । उम्मेदवार कृष्णमान सिंहले ९७३ मत प्राप्त गरेका हुन् ।

टिप्पणीहरू