दाँते ओखरमा एम्बुलेन्स खस्यो,बिरामी नै घाइते
जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स सडकबाट २० मीटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी- ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको गाउँपालिकाको एम्बुलेन्स आज बिहान सडकबाट झरेको हो । कनकासुन्दरी-६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम लैजाँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् ।
टिप्पणीहरू