भरतपुरमा दाहालको फराकिलो अग्रता
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आठ हजार एक सय ५४ मतको फराकिलो अग्रता लिएकी छन् । दाहालले ३७ हजार चार सय ६८ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार तीन सय १४ मत पाएका छन् ।
यता काँग्रेसका बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निकै अगाडि छन् । उनले ३९ हजार छ सय ३९ मत ल्याउँदा (राप्रपा) की हिमला गुरुङले २३ हजार २१२ मत पाएकी छन् ।
गुरुङभन्दा अधिकारि १६ हजार चार सय २७ मतले अगाडि देखिएका हुन् । भरतपुरमा हालसम्म ९५ हजार तीन सय ११ मतगणना भइसकेको छ ।
टिप्पणीहरू