अमेरिकी मन्त्रीको दिवाभोज हिजो शरणार्थी क्याम्पमा,आज शरणार्थी विद्यालयमा

अमेरिकी मन्त्रीको दिवाभोज हिजो शरणार्थी क्याम्पमा,आज शरणार्थी विद्यालयमा

नेपाल भ्रमणमा अस्ति दिउँसो काठमाडौं आउनुभएकी अमेरिकी उप विदेशमन्त्री स्वदेश फर्कन केही घण्टा बाँकी छँदा पनि तिब्बती शरणार्थी क्याम्प र तिब्बती शरणार्थीहरुसँग सम्बन्धित विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त हुनुहुन्छ ।

नेपाल भ्रमणमा आउनुभएका विदेशी पाहुनाले खुलमखुल्ला तिब्बती शरणार्थी क्याम्पमा गएर अन्तरक्रिया गर्नुलाई छिमेकी मित्रराष्ट्र चीनले जानकारीमा लिइसकेको बताएको छ । राजधानी बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ताले उक्त विषयमा बताएका हुन् ।

यता अमेरिकी मन्त्रीसहितको प्रतिनिधिमण्डलले आज झण्डै दुई घण्टा तिब्बती शरणार्थीसँग सम्बन्धित विद्यालयको भ्रमण गरेको छ । नागार्जुन नगरपालिका–३ स्थित ठूलोभर्याङमा रहेको नामग्याल आवासीय निम्नमाध्यमिक विद्यालयमा तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजक उज्रा जिया र अन्य सदस्यहरु दिउँसो साढे १२ बजे पुगेका हुन् । बिहान प्रधानमन्त्रीलगायतका मन्त्रीहरुसँग संक्षिप्त भेटवार्ता गरेपछि टोली त्यहाँ पुगेको बताइन्छ ।

जिया, युएसएआईडीका उपसहायक प्रशासक अञ्जली कौरसहित अन्य सदस्य र काठमाडौंस्थित अमेरिकी दूतावासका कर्मचारीहरुले विद्यालयमा दुई घण्टा बिताएका थिए । उनीहरुले त्यहिँ शरणार्थी,तिनका नेता र दलाई लामाका प्रतिनिधिहरुसँग दिवाभोज लिएका हुन् । विद्यार्थी र शिक्षकहरुसँग २० मीनेट छलफल गरेको टोलीले लगत्तै त्यहाँ रहेका संयुक्त राष्ट्रसंघीय कार्यालयका अधिकारीहरुसँग बातचित गरेको बताइन्छ ।

त्यसअघि अमेरिकी टोलीको स्वागतमा नेपालका लागि दलाई लामाका प्रतिनिधि सुल्ठिम ग्यात्सो, स्वयम्भू शरणार्थी क्याम्पका प्रमुख कर्मा ग्याल्जेन,मानवअधिकारवादी शम्भु लामालगायत ढोकामा उभिएका थिए ।

टिप्पणीहरू