केपी ओली बल्ल बोल्नुभो
स्थानीय तह चुनावको मौन अवधि अगाडि देशैभरका चुनावी कार्यक्रममा पुगेर आक्रामक भाषण गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसयताको मौनता आज तोड्नुभएको छ ।
चुनावी परिणाम आउन थालेपछि एक शब्द नबोल्नुभएका उहाँले आज एकाएक कविता संग्रह विमोचन कार्यक्रममा भाषण गर्नुभएको हो । मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ विमोचन गर्दै उहाँले साहित्यिक कुराकानी गर्नुभयो ।
जेठ ३ गते मदन–आश्रित जयन्तीको कार्यक्रममा समेत नदेखिनु भएका ओलीले आज पनि राजनीतिक भाषण गर्नुभएन । ४० मिनेट लामो भाषण गर्नुभएका ओलीले पूरै समय कविता र कविका बारेमा चर्चा गर्दा चुनावी परिणामका विषयमा भने केही भन्नुभएन ।
देशैभर एमालेले ७० प्रतिशत जित्ने चुनावअघिको आफ्नो दाबी २५ प्रतिशतमा खुम्चिएपछि तात्तातै बाहिर निस्किएर बोल्न अप्ठेरो परेकाले ओली चुपचाप बस्नुभएको धेरैले अनुमान गरेका थिए ।
टिप्पणीहरू