नवराज विक मारिएको दिनलाई विद्रोह दिवसको रुपमा मनाइने
जाजरकोटका नवराज विकसहित पाँच जना किशोर मारिएको दिनलाई विद्रोह दिवसको रुपमा मनाइने भएको छ ।
अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिममा भएको घटनाको विरोधमा जेठ १० गते विद्रोह दिवस मनाउन लागिएको हो । जात व्यवस्था उन्मूलन मोर्चाले जेठ १० गतेलाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवस घोषणा गरेको छ ।
रुकुम नरसंहारका अपराधीहरुलाई कारबाहीको निम्ति मोर्चाले देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाँउमा उनीहरुको हत्या भएको थियो ।
आफूभन्दा माथिल्लो जातको युवतीसँग प्रेम गरेका विकसहित अन्यलाई लखेटेर मारिएको थियो ।
टिप्पणीहरू