काठमाडौंमा गन्न बाँकी मत ६२ हजार, बालेनको झण्डै ४४ हजार
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मतसहित फराकिलो अग्रता बनाएका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् ।
सिर्जनाभन्दा बालेनले १७ हजार ९०६ मत धेरै ल्याइसकेका छन् भने केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता भने कायम छ ।
काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा एक लाख ९० हजार ९८४ मत खसेको थियो ।
टिप्पणीहरू