मध्यरातमा चरा ठोक्किएको जहाज हेर्ने विज्ञ काठमाडौंबाट भैरहवा जाँदै

मध्यरातमा चरा ठोक्किएको जहाज हेर्ने विज्ञ काठमाडौंबाट भैरहवा जाँदै

विमानको इञ्जिनमा चरा ठोक्किएको आशंकामा जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ । एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाज गए राति पौने २ बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

भैरहवामा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जहाजलाई नियमित उडानमा रोक लगाइएको छ । चरा ठोक्किएको जानकारी चालकले दिएका थिए । विमानको चेकजाँच गर्दा जहाजको अगाडि नोज र इञ्जिन बाहिरको भागमा रगत लतपतिएको देखिएको बताइन्छ ।

तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेको छैन । विमानको बाहिरी भाग र रन–वेमा कतै पनि ठोक्किएको भनिएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुनसक्ने आशंका गरिएको छ ।

भैरहवामा त्यससम्बन्धी प्राविधिक नभएकाले अहिले बिहान उक्त विमान चेकजाँचको लागि काठमाण्डौबाट प्राविधिकलाई भैरहवा बोलाइएको छ । राति ३ बजे उड्नुपर्ने विमान अझै कतिबेला उड्छ भन्नेबारे केही बताइएको छैन ।

टिप्पणीहरू