ललितपुरमा चिरिबाबुलाई १४ हजारको अग्रता
ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका चिरिबाबु महर्जन जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा झण्डै दोब्बर मातान्तरले महर्जन जितको नजिक पुगेका हुन्।
मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका महर्जनले १४ हजार मतले अगाडि छन् । उनले ३५ हजार ७०३ मत पाउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार ९४२ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य २० हजार ७६० मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १४ हजार ८९५७ मत पाएका छन् ।
महानगरमा जम्मा ८५ हजार ८६१ मत खसेको थियो ।
टिप्पणीहरू