चुनाव जितेललगत्तै सार्वजनिक बिदाको घोषणा

चुनाव जितेललगत्तै सार्वजनिक बिदाको घोषणा

स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै थरिथरिका लोकप्रिय कार्यक्रम घोषणा गरिरहेका बेला सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्षले भने आफ्नै विजय उत्सव मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । विजय उत्सव मनाउन आज पालिकाभर सार्वजनिक बिदाको घोषणा गरिएको हो ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामा बिदा दिइएको व्यहोरासहितको सूचना प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले निकालेका छन् ।

सूचनामा भनिएको छ, ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ९ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको छ ।’

बिदा दिन आदेश दिने नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता हुन् ।

टिप्पणीहरू