काँग्रेसभित्र अन्तर्घात भएको प्रवक्ताको भनाइ,काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्ने मेयरको चेतावनी

काँग्रेसभित्र अन्तर्घात भएको प्रवक्ताको भनाइ,काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्ने मेयरको चेतावनी

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुविरुध्द धेरै ठाउँमा अन्तर्घात भएको बताएका छन् । उनले त्यसका बाबजुद पनि गठबन्धनका कारण अहिले काँग्रेसले धेरै तहमा सफलता प्राप्त गरेको उल्लेख गरेका हुन् ।

पार्टी मुख्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रै साथीहरु अन्तर्घातको खेलमा लाग्नुभयो । अन्तर्घात नभइदिएको भए चार सयभन्दा बढी तहमा जितिने रहेछ ।’

अन्तर्घात भएको विषयलाई पार्टीले समीक्षा गर्ने महतले जानकारी दिए । निर्वाचनअघि बागी उम्मेदवार बनेका धेरैजसोलाई कारवाही गरे पनि केन्द्रीय नेताको निर्देशनमा उक्त हर्कत भएको काँग्रेस संस्थापन पक्षको बुझाइ छ । यसवीच जनकपुरमा स्वतन्त्र भएर निर्वाचित मेयर मनोजकुमार साहले मतदातालाई धन्यवाद दिँदै काङ्ग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

हिजो साँझ घोषणा गरिएको अन्तिम मतपरिणामपछि उनले नेपाली काँग्रेस नसच्चिएमा आफूले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् ।

मनोज नेपाली काँग्रेसबाट बागी उम्मेदवार उठेर मेयर पदमा विजयी भएका हुन् ।

टिप्पणीहरू