बढी मतपत्र भेटिएपछि रौटहटमा बबाल, काँग्रेसले धाँधली गरेको माओवादीको आरोप
रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतगणना रोकिएको छ । मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।
बढी मतपत्र भेटिएपछि पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन् ।
नगरपालिका ३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्याङ्कभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद वाग्लेले बताउनुभयो ।
निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।
मेयरका माओवादी उम्मेदवार अजय तिमल्सिनाले नेपाली काँग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन् ।
टिप्पणीहरू