राष्ट्रपति बानेश्वर जाँदा सडक खालि गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हुनुभएको छ । उहाँ औपचारिक कार्यक्रमको रुपमा जाने हुनुभएकाले आज शीतल निवासदेखि नयाँ बानेश्वरसम्मको मार्गमा सवारी साधन केहीबेर रोकिने छन् ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित गरेको हो । कार्यक्रममा चुनावमुखी योजनाहरु समेटिएको बताइएको छ ।
सोही नीति तथा कार्यक्रमबमोजिम अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वाचन गर्नुहुनेछ ।
टिप्पणीहरू