रुखमा भोट नहालेको भन्दै काँग्रेसीले मतदाता कुटे

रुखमा भोट नहालेको भन्दै काँग्रेसीले मतदाता कुटे

स्थानीय तहको निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै नेपाली काँग्र्रेसका कार्यकर्ताले सल्यानमा मतदातालाई कुटेका छन् । मतदातालाई कुट्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।

आफूहरुले भन्दाभन्दै पनि नेपाली काँग्रेसलाई भोट नहालेर माओवादी केन्द्रलाई मतदान गरेको भन्दै उनीहरुले दार्मा गाउँपालिका २ सिलिङ्गेका तिलक वलीलाई कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न स्थानीय २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकाय पक्राउ परेका छन् ।

अरु दुई जना निश्चल वली र चीनबहादुर रोकाय फरार छन् । सल्यान जिल्ला प्रहरी कार्यालयका अनुसार कुट्ने र कुटाइ खानेहरु छिमेकी हुन् । उक्त गाउँपालिकाको सबै स्थानमा माओवादीले काँग्रेसलाई हराएको हो ।

टिप्पणीहरू