चिनियाँ नागरिकमाथि करणीको बात

चिनियाँ नागरिकमाथि करणीको बात

चिनियाँ नागरिकलाई अरु कोही पनि नभएको मौका छोपेर नेपाली महिलालाई करणी गर्न खोजेको बात लागेको छ । नेपाली महिलालाई करणी गर्न खोजेको आरोप लागेपछि फरार रहेका उनी पक्राउ परेका छन् ।

४५ वर्षे ली छेनले गत फागुन २६ गते चन्द्रागिरि नगरपालिका ३ टोटीटोलमा आफ्नै कम्पनीमा कार्यरत २३ वर्षिया महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए । जेनजोङ म्यानुफ्याक्चरिङ कम्पनीका सञ्चालक ली कम्पनीको कोठाभित्र ती महिलामाथि झम्टेका थिए ।

महिलाले प्रहरीमा दिएको जाहेरी र जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंबाट फागुन २९ गते भएको आदेशको आधारमा चिनियाँ नागरिक हिजो पक्राउ परेका हुन् ।

टिप्पणीहरू