एमालेका कारण पोखराको मतगणना रोकियो
पोखरा महानगरपालिकाको मतगणना अन्तिम समयमा रोकिएको छ । १८ नम्बर वडामा खसेको मतभन्दा गणना भएको मत नौ वटा कम भएपछि नेकपा एमालेले पुनः मतगणनाको माग गर्दै मतगणना बहिष्कार गरेको छ ।
एमालेले वडा नम्बर १८ र ३१ मा पुनः मतगणनाको माग गरेको हो । एमालेका अनुसार, ‘चार हजार ३४८ मत खसेकोमा चार हजार ३३९ मतगणना भयो, बाँकी नौ मत खोई ?’
उक्त वडामा एमालेका वडाध्यक्ष उम्मेदवार पुष्करबहादुर थापा काँग्रेसका शिव तिमिल्सिनासँग तीन मतले हारेका थिए । वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
टिप्पणीहरू