विद्युत प्राधिकरणका कर्मचारीको इन्धन सुविधा कटौती
नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको इन्धन सुविधा कटौती गरेको छ । उसले कर्मचारीले प्रयोग गर्दै आएको इन्धनमा २० प्रतिशत कटौती गरेको हो ।
पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिपछि प्राधिकरणले उक्त निर्णय गरिएको जनाइएको छ । सरकारका विभिन्न निकायले पेट्रोलिय पदार्थको खपत कम गर्न विद्युतीय उपकरणमा जोड दिँदै आएका छन् ।
तर, प्राधिकरणले नै आफ्ना कर्मचारीलाई विद्युतीय सवारीसाधन प्रयोग गर्ने वातावारणसम्म सिर्जना नगरेको टिप्पणी बढेको छ । मोटरसाइकल प्रयोग गर्ने कर्मचारीले महिनामा १६ लिटर पेट्रोल पाउँदै आएका थिए ।
अब उनीहरुले १३ लिटर मात्र पाउने जनाइएको छ । सुविधाप्राप्त अधिकृतहरुले बढीमा ८० लिटर पाउने जनाइएको छ ।
टिप्पणीहरू