राष्ट्रपति जाने सडकमा ब्यानर देखाउने गाँजावादीहरु समातिए

राष्ट्रपति जाने सडकमा ब्यानर देखाउने गाँजावादीहरु समातिए

राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवनमा जानुअघि नयाँ बानेश्वर चोकमा ब्यानर देखाउने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाने क्रममा त्यसभन्दा अघि त्यसतर्फ सवारी साधनमा गइरहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई गाँजा वैधानिक महाअभियानले ब्यानर देखाएको हो ।

आज संसदमा राष्ट्रपति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्न जानुभएको हो । त्यसअघि प्रधानमन्त्री देउवालाई देखाउँदै नेपाल गाँजा वैधानिक महाअभियान संस्थाका संयोजक मदन कोइरालाको नेतृत्वमा चार जनाको समूहले ब्यानर देखाएको हो ।

उनीहरुले नेपालमा गाँजाखेतीलाई वैधानिकता दिन माग गर्दै आएका छन् । प्रहरीले कोइराला र अर्का एक जनालाई ब्यानरसहित पक्रेको छ । अन्य दुई जना भाग्न सफल भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू