भोट नहाले पनि स्थानीय चुनाव सम्पन्न भएकोमा राष्ट्रपति औधी खुशी

भोट नहाले पनि स्थानीय चुनाव सम्पन्न भएकोमा राष्ट्रपति औधी खुशी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले यसका लागि सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत दिनुभएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा आफूलाई खुशी लागेको उहाँको भनाइ छ ।

निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र सबै दल सहभागी हुनुलाई राष्ट्रपति भण्डारीले सकारात्मक हो भन्नुभयो । राष्ट्रपति र उपराष्ट्रतिले कुनै पनि निर्वाचनमा मतदान गर्ने संवैधानिक प्रचलन छैन ।

टिप्पणीहरू