आजबाट आचारसंहिता हट्यो

आजबाट आचारसंहिता हट्यो

निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आज एक विज्ञप्ति जारी गरी आयोगले यसबारे जानकारी दिएको हो ।

‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिम भनिएको छ ।

आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आयोगले चैत २५ गतेदेखि आचारसंहिता जारी गरेको थियो ।

टिप्पणीहरू