जनतालाई अर्को सास्ती, सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

जनतालाई अर्को सास्ती, सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । लामो दूरीका सार्वजनिक सवारीको भाडा तीन प्रतिशतसम्मले वृद्धि भएको हो ।

यातायात व्यवस्था विभागले हिजोदेखि यात्रुवाहक सवारीमा दुई दशमलव १ प्रतिशतले भाडा बढाएको हो । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २ दशमलव ७ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ ।

इन्धनको बजारमूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा विभागले सोहीअनुसार भाडा समायोजन गर्ने गरेको छ । गत साता मात्र अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै यातायात व्यवसायीले भाडा बढाउन आग्रह गर्दै आएका थिए ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/BL.final_.2079.02.0९अन्तरप्रदेशभाडादर2022-05-24_05-00-07-530.pdf” title=”BL.final.2079.02.0९अन्तरप्रदेशभाडादर2022-05-24_05-00-07-530″]

टिप्पणीहरू