काठमाडौं महानगर मतगणना अपडेट : केशव र सिर्जनाबीच दोस्रो स्थानमा प्रतिस्पर्धा
काठमाडौं महानगरपालिकामा एक लाख ७२ हजार ९८३ मतगणना भएको छ । त्यसमध्ये मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ५५ हजार ४२० मत पाएर सबैभन्दा अगाडि रहेका छन् ।
दोस्रो र तेस्रो नम्बरमा रहेका केशव स्थापित र सिर्जना सिंहबीच लुकामारी भएको छ । थोरै मतको अन्तरले अहिले स्थापित दुई नम्बरमा रहेका छन् । केशवले ३४ हजार ७४१ मत पाएका छन् भने सिर्जनाले ३४ हजार ६६० मत ल्याएकी हुन् ।
उपमेयरमा सुनिता डंगोलले ६१ हजार ९५५ मत ल्याउँदा रामेश्वर श्रेष्ठले २० हजार ८१९ मत पाएका छन् । राप्रपाकी उम्मेदवारले ११ हजार ६७३ मत पाएकी छन् ।
टिप्पणीहरू