मीनेन्द्र रिजालको यो के मिशन हो ?

मीनेन्द्र रिजालको यो के मिशन हो ?

राष्ट्रिय राजनीतिमा देखापरेको सामान्य तरङ्गसँगै काँग्रेस नेताहरुको दौडधुप एक्कासी बढेको छ । हिजो एकैदिन पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले खुमलटार र कोटेश्वरमा गरेको भेटघाटलाई केहीले आशंका र अर्थपूर्ण भनेका छन् ।

बिहान खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा माओवादी नेताहरुको बैठक चलिरहँदा रिजाल पुग्नुभएको हो । दाहालसँग नेताहरु नारायणकाजी श्रेष्ठ,देव गुरुङ्ग, हितमान शाक्य,लीलामणि पोखरेल, प्रवक्ता कृष्णबहादुर महरा, ऊर्जामन्त्री पम्फा भुसाल,मातृका यादव,गिरिराजमणि पोखरेल, दिनानाथ शर्माबीच निकै निकै महत्वपूर्ण भेट भइरहँदा रिजाल टुप्लुक्क पुग्नुभएको हो ।

माओवादी नेताहरुको बैठक बिहान ८ बजेबाट भइरहेको थियो । तर काँग्रेस नेता रिजाल ९ बजेको आसपासमा पुगेपछि अध्यक्ष दाहाल अर्को कोठामा गएर आधा घण्टा गोप्य कुराकानी गर्नुभएको हो ।

त्यसपछि माओवादी नेताहरुको छलफल झण्डै १२ बजेसम्म भएको बताइन्छ । काँग्रेस नेता रिजाल दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्न कोटेश्वर पुग्नुभएको थियो । उहाँ दिउँसो पौने २ बजे त्यहाँ पुगेर सवा २ बजे बाहिरिनुभयो ।

टिप्पणीहरू