हिजोको अन्तरङ्ग भेटघाटमा को,कहाँ ?
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा हिजो बिहान उहाँसँग संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पौने ८ बजेदेखि झण्डै सवा घण्टा भेटवार्ता गर्नुभएको छ ।
त्यसपछि त्यहाँ अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ,स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ, सांसदहरु जीवनराम श्रेष्ठ,सोमप्रसाद पाण्डेयलगायत झण्डै एक दर्जन नेताले मध्यान्ह १२ बजेसम्म पार्टीको आन्तरिक छलफलबारे कुराकानी गर्नुभएको थियोे ।
नेकपा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहका निर्वाचित पदाधिकारीहरूलाई जेठ १८ र १९ गते दुई दिने अभिमुखीकरण तालिम दिने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण सोचेको परिणाम नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
टिप्पणीहरू